Tuesday, November 19, 2019

त्याग्नु पर्ने कुराहरु । अरुलाई मन दुःखाई दुखाई जित्न भन्दा हरैकै बेश ।



अरुलाई मन दुःखाई दुखाई जित्न भन्दा हरैकै बेश ।
अरुले अति चाहेको बस्तु हडेप्नु भन्दा त्यागेकै बेश । 
अर्कोलाई आपत परिरहदा उडाउने सम्पती भन्दा बरु दान गरेकै बेश ।
मानिसलाई समस्या परेर यता न उता अलमल भएको बेला कपट गर्न भन्दा ज्ञान गुन मेसो बुद्धि दिएको बेश ।
बिरामी कमजोर भएको मानिसलाई अझ भारी बोकाउन भन्दा आफै बोकेको बेश ।
कसैको मन जबरजस्ती तपाई संग मिलिरहनु पर्ने छ भने उसलाई आफै त्यागेकै बेश ।
चिरञ्जीबी 


Monday, November 18, 2019

सत्रूलाई परास्त गर्नको लागी धैरै गर्नु ।

सत्रु यस्तो चिज हो जो जिवनको बाधक हो । त्यो भित्र हजुर प्रति धेरै कपट र हजुर प्रति दुस साहास गरिरहेको हुन्छ । सुरुमा बन्दै गरेको सत्रु ज्याप्प चिन्न सकिन्न हजुर संग मिलेर चिप्लो दलेर ठिक्क पार्छ । हाजुर संझनु हुन्छ कि यो त मेरै मान्छे पो रहेछ । हजुरले सबै मनका कुरा खोल्नु हुन्छ । त्यसले हजुरको मन पेट पाउछ । अब उ सोच्न थाल्छ हजुर माथि पाप हजुरलाई कुन ठाउ बाट हानि पुर्याउन सकिन्छ भनेर। बिस्तारै हजुरलाई बहस मा पारेर उसले आफ्नो छल र बुध्दी लगाएर हजुरलाई एकदम हानि गराउछ , फसाउस हजुरलाई यति हानि पु्र्याउछ कि हजुरको जिन्दगीमा एउटा ईतिहासनै रचाउछ । तपाईलाई धेरै गाटा हुन्छ । त्यसैले हजुरले जहिले पनी सबैलाई जट्ट बिश्वास नगर्नुहोस् । धेरै परिक्षा लिनुहोला । नाई भने हजुरलाई जिवन भर रुहाउछ । यति दुसमन हुन्छ कि त्यसलाई हजुरले जिउदै जलाएपनी त्यसको रिस मर्दैन । यस्ता सत्रुहरु बाट जहिले पनी बच्नु । सत्रु पनी दुई प्रकारका हुन्छन एउटा हजुरको प्रगती गराने खाल का भने एउटा जिवनै टुग्याउने खालका
। यस्तो अवस्थामा हजुरले सकेसम्म खतरनाक सत्रुलाई मास्ननै सक्नु भयो भने धेरै राम्रो नाई भने जिवन भर बदला लिई राख्नु पर्छ । प्रगती गराउने सत्रु सत्रु नभएर मित्र पनी हो । उसलाई मिलेर साथि बनाउदा पनि हुन्छ । यस्ता सत्रुले हानि भन्दा धेरै नाफा दिईरहेका हुन्छन । त्यो सत्रुको बिषयमा म अर्को पेजमा लेख्ने छु ।














गराउन सजिलो हुन्छ गरिपुराउन गाह्रो हुन्छ ।


जीवनमा यस्ता क्षणहरू आउँछन् जो मानवले एक मानवलाई गराउन सिकाउन सम्झाउन दोष देखाउन धेरै सजिलो छ । तर जीवनमा त्यो  व्याक्तीको समस्यालाई चिनेर त्यसको सम्बोधन गर्न धेरैको बहसको कुरा छैन । तसर्थ साथीभाई इष्टमित्र जो कसैको भलो चाहनुहुन्छ र कसैलाई उन्नती चाहनुहुन्छ भने कृपया हजुरले त्यो व्यक्ति को के हो  समस्या  जरैदेखि जानेर त्यसलाई भित्री अन्तर आत्माले मनन गरेर त्यो व्यक्तिलाई आर्थिक अभाव , शारीरिक बल, बौद्धिक सहयोगी, अथवा प्रेम चाहिएको होकि त्यो तपाईहरुले बुझ्नु पर्ने हुन्छ त्यसरी सहयोग गर्दा त्यो व्यक्तिलाई साचैनै राहात हुन थाल्छ र तपाईलाई महान सम्झन्छ तपाईं एउटा सामाजिक रुपमा व्यक्तिगतरुपमा तपाइको वास्तविक जीवनमा अङ्क प्राप्त गर्नु  हुन्छ । त्यसले तपाईलाई पनि सफलता दिन्छ । तपाईं द्वारा यो व्यक्तिले के कुरा प्राप्त गर्यो त्यो अतुलनिय हुन्छ । तसर्थ साथीहरु हजुरहरु पनि कसैलाई के कुरा बताउदै हुनुहुन्छ भने आफ्नो जिबनमा त्यसो  हुदा के हुन्छ पटक पटक मनन गरेर थोरै बोलेर कसरी सहयोग गर्नुपर्छ सोचेर कृपया गर्नुस् । वचन पूरा गर्नुहोस् । तपाइँलाई त्यो ब्यक्तिले एउटा सन्त र भगवानको रुपमा हेर्ने छ । नाई भने त्यसको जिवनको बिझ हजुर पनी हुनुहुने छ  सबैभन्दा ठूलो कुरा त्यहि हो पढिदिनु भएको मा  धन्यवाद ।